पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाले जिते कोरोना, २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि

 

काठमाडौं।  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाले कोरोना भाइरसलाई पराजित गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४   जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १२ हजार ५ सय ८५ पीसीआर परीक्षणमध्ये २ हजार ६ सय ३४ मा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टमा १५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ६३ जनको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Comments