ओली र नेपालबीचकाे वार्ता सकारात्मक


काठमाडाैं।
    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचकाे वार्ता सकिएकाे छ । 
काठमाडाैंकाे कमलपाेखरीस्थित ​मेरियट होटलमा बुधबार राति भएको वार्ता सकारात्मक भएकाे नेताहरुले बताएका छन् । 

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै माधव गुटका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएकाे बताउनुभयाे । 

'वार्ता सकारात्मक छ, भोलि पनि उहाँहरु बस्नुहुन्छ, जे हुन्छ भोलि नै हुन्छ' - पाण्डेले भन्नुभयाे ।

पाण्डेका अनुसार सुरुमा अध्यक्ष ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । त्यसपछि ईश्वर पोखरेल, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेकाे उपस्थितिमा वार्ता भएको थियो  ।

विवाद समाधान कार्यदलले सहमतिकाे खाका तयार पारेसँगै अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएकाे हाे ।

विवाद समाधान कार्यदलले भाेलिसम्म निष्कर्षमा पुग्न सकिने बताएकाे छ । एमाले विवाद समाधान कार्यदलकाे बैठक साेमबार, मंगलबार र बुधबार बसेकाे थियाे । कार्यदलकाे बैठक भाेलि पनि बस्नेछ ।  

Comments