खोटाङ/ आज बिहान पूर्वी नेपालसहित राजधानी काठमाडौंसम्म धक्का महसुस हुनेगरी भूकम्प गएको छ। खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
केन्द्रका अनुसार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो। २०७२ पछि अहिले दोस्रोपटक ठूलो भूकम्प गएको हो। यसअघि २०७७ भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो। २०७२ सालमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा क्षति भएको थियो।
Comments
Post a Comment