काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्। समितिको प्रतिवेदन सत्य र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बताए।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई उक्त प्रतिवेदन मान्य नहुने बताउँदै जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे। सत्तारुढ दलले समितिका ११ मध्ये ७ जना आफ्ना सांसद राखेको बताउँदै ओलीले त्यस समितिको प्रतिवेदनको अर्थ नरहेको उल्लेख गरे।
Comments
Post a Comment