सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने नेपाली काँग्रेस बीपीको निर्णय



काठमाण्डौं। नेपाली काँग्रेस बीपीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने निर्णय गरेको छ ।

 सो पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिम्खडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

  त्यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय  पनि गरेको छ ।

 बैठकले हालको तरुण दल बीपीको नाम परिर्वतन गरी नेशनल युथ काँग्रेसको नामकरण गरेको प्रवक्ता सिम्खडाले जानकारी दिनुभयो । यस्तै  पार्टीले उदयपुर जिल्ला संयोजकमा प्रशान्त कुमार राईलाई मनोनयन गरेको छ ।

Comments