नेपालले बङ्गलादेशसँग बराबरी खेल्यो, फाईनल प्रबेशका लागि भारतले हार्नैपर्ने

 


भुवनेश्वर/  २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । भारतसँग लज्जास्पद हार व्यहोरेको नेपालले भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा उपाधि दाबेदार बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा बंगलादेशले अग्रता लियो । खेलको ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै नेपालका लागि निरञ्जन मल्लले गोल गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

बराबरीसँगै बङ्गलादेश चार खेलमा १० अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रबेश गरेको छ । नेपाल भने सात अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारत भने ६ अङ्कसहित तेस्रो स्थानमा छ ।

भारतले आज बेलुकी सवाँ ६ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । सो खेल नेपालका लागि महत्त्वपूर्ण छ । नेपाल फाईनल पुग्न भारतले माल्दिभ्ससँग हार्नुपर्नेछ । माल्दिभ्ससँग भारतले बराबरी मात्र खेलेपनि नेपाल प्रतियोगिताबाट घर फर्किनेछ ।

Comments