काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।
माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले प्रेमिका एयर होस्जेट कन्चन निरौलालाई मैदानमै प्रेम प्रस्ताव राखेका हुन् ।
किरणले प्रेमिकालाई प्रेम प्रस्ताव गरेको भिडियो समेत सार्वजनिक गरेका छन् । कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए । किरण आबद्द माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले उपाधि जितेको थियो ।
उपाधि ट्रफी वितरणपछि किरणले प्रेमिकालाई प्रेम प्रस्ताव राखेका थिए । उनले आफ्नो सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् ।
किरण र प्रेमिका कन्चन लामो समयदेखि प्रेममा थिए । कन्चनसँगै किरणकि आमा पनि माल्दिभ्स पुगेकी थिइन् । किरण लिगको उत्कृष्ट गोलकिपर समेत घोषित भए । किरणले यस अघि २०१८ को लिगमा समेत उत्कृष्ट गोलकिपर अवार्ड जितेका थिए ।
Comments
Post a Comment